पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाट एमालेको लागि महत्वपूर्ण छ : भट्टराई
२०८२ श्रावण ०४ आईतवार
- आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विभिन्न बैठकमा नेताहरुले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा पार्टी अध्यक्षसँग छलफल हुनुपर्ने धारणाको प्रतिफल आजको भेटघाट रहेको भन्दै यस्तो बताएका हुन् ।
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं केपी शर्मा ओलीको भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण रहेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै उनले विभिन्न बैठकमा नेताहरुले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा पार्टी अध्यक्षसँग छलफल हुनुपर्ने धारणाको प्रतिफल आजको भेटघाट रहेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो केन्द्रिय सचिवालयको बैठक र पोलिटब्युरो सदस्यहरुको बैठकमा पार्टीका नेताहरुले आफ्नो कुरा राखे । अहिलेको बहस पूर्वराष्ट्रपतिज्यू पार्टीको सक्रिय राजनीतिमा फर्कने र पार्टीमा भुमिका खेल्ने कुरामा प्रधानमन्त्री एवं पार्टी अध्यक्षबीच छलफल हुनुपर्छ भन्ने आएपछि आजको भेटघाट त्यसैको पृष्ठभुमि हो । यो भेटघाट नेकपा एमालेको लागि महत्वपूर्ण छ ।’
उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्य नवीकरण प्राविधिक कुरा भएकोले यसमा बहस गरिरहन नपर्ने समेत बताए ।
उनले भने, ‘सदस्यता नवीकरण प्राविधिक कुरा हो । प्राविधिक कुरा टुङगिनु भन्दा पहिले राजनीतिक कुरा टुङगिनु पर्छ । राजनीतिक कुरा टुङगियो भने प्राविधिक कुरा त्यो अनुसार मिलाउने हो । यो सदस्य नवीकरण भएको छ कि छैन, अभिलेखमा छ कि छैन भन्ने कुरामा गरिरहनु आवश्यक छैन । राजनीतिक कुरा टुङगियो मान्नुस् कि पूर्व पूर्वराष्ट्रपतीज्यु पार्टीको सक्रिय राजनीतिकमा फर्किने उहाँलाई सम्मानजनक स्थानमा भूमिका दिने हो भने आज नवीकरण भएको छैन भने पनि भोली नवीकरण गर्न सकिन्छ ।’
उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु उचित नभए नवीकरण भएपनि निस्क्रिय हुने बताए ।
‘यदि राजनीतिमा फर्किनु उचित छैन भन्ने भयो भने नवीकरण नै भएको छ भने पनि निस्क्रिय हुन्छ होला । प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक नै छैन । गीत–संगीत तयार भएपछि पो कसरी नाच्ने भन्नु कुरा आउँछ ।’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।